खेल


भारत–पाक क्रिकेटः शोएबलाई भारतीय समर्थकले ‘जिजाजी’ भन्दा थाम्न सकिनन् सानियाले हाँसो

भारत–पाक क्रिकेटः शोएबलाई भारतीय समर्थकले ‘जिजाजी’ भन्दा थाम्न सकिनन् सानियाले हाँसो

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार १६:५, काठमाडौँ

आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल सकिए पनि त्यसको चर्चा भने अझै सकिएको छैन। 

भारत र पाकिस्तानबीचको खेल ती देशका लागि मात्र नभएर सबैका लागि चासोको विषय बन्ने गर्छ। 

राजनीतिक रुपमा जति दुस्मनी यी दुई देशबीच छ त्यसको प्रभाव अन्य क्षेत्रमा पनि देख्न सकिन्छ। 

तर यही दुस्मनीमा भने माया पनि नलुकेको भने हैन। 

खेल सकिएपछि भारतीय टोलीका कप्तान विराट कोहलीले जसरी मैदानमा खेल भावना प्रस्तुत गर्दै बाबर अजाम र रिजवानलाई भेट्न पुगे, त्यसले सकारात्मक सन्देश दिएको छ। 

त्यस्तै धोनीले पाकिस्तानका मुख्य खेलाडीसँग लिएको सेल्फीले पनि आपसी सम्मानको पल झल्किएको थियो। 

यही खेलमा भारतीय समर्थकहरुको नजर भने पाकिस्तानका अनुभवी खेलाडी शोएब मलिकमाथि थियो। 

मलिक भारतीय टेनिस खेलाडी सानिया मिर्जाका श्रीमान् हुन्। 

खेलकै बीचमा भारतीय समर्थकले शोएबलाई जिस्काइरहेका थिए। 

मलिक जब बाउन्ड्रीमा फिल्डिङ गरिरहेका थिए भारतीय समर्थकले उनलाई जिजाजी (भिनाजु) भनेर हुटिङ गरिरहेका थिए। 

पाकिस्तानी क्रिकेटर मलिक आफ्नो खेल जीवनको उत्तरार्धमा छन्। 

तर उनको फ्यान फलोइङ भने अहिले पनि उस्तै छ। १४ महिनापछि पाकिस्तानका लागि खेल्न मैदान आएका उनलाई समर्थकहरुले उत्साह बढाइरहेका थिए। 

सानिया भने यसलाई हेरेर आफ्नो हाँसोलाई रोक्न सकिनन्। 

सानिया र मलिकले सन् २०१० मा विवाह गरेका थिए। मलिकको यो भिडियोलाई एक समर्थकले ट्वीट गरे जसमा सानियाले प्रतिक्रिया जनाएकी छिन्।  

सानियाले त्यसमा दुईवटा हाँसो र मुटुको इमोजी पोष्ट गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad