खेल


टी–२० विश्वकप : पाकिस्तानसँग हारेपछि भारतमा कश्मीरका विद्यार्थीमाथि कुटपिट

सामाजिक सञ्जालमा समीमाथि दुर्व्यवहार
टी–२० विश्वकप : पाकिस्तानसँग हारेपछि भारतमा कश्मीरका विद्यार्थीमाथि कुटपिट

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार ७:४६, काठमाडौँ

आइतबार टी–२० विश्वकपअन्तर्गत भएको भारत–पाकिस्तानको खेलमा पाकिस्तान विजयी भयो। पाकिस्तान विजयी भएसँगै पाकिस्तानको जितमा खुसीयाली मनाइरहेका कश्मीरका विद्यार्थीमाथि भारतमा आक्रमण भएको छ।

अलजाजिराका अनुसार भारतको पञ्जाबस्थित मोहाली जिल्लामा अध्ययन गर्ने कश्मीरका विद्यार्थीमाथि आक्रमण भएको हो।

नाम नबताउने शर्तमा एक विद्यार्थीले भने, ‘२० जनाको समूह हाम्रो होस्टलअघि भेला भएको थियो। हामीले उनीहरुलाई कहिल्यै पनि देखेका थिएनौं। उनीहरुले हातमा छडी लिएका थिए र मेरा तीन साथीहरुलाई कुटपिट गरे।’ 

सामाजिक सञ्जालमा पनि विद्यार्थीहरुको कुटपिटपछिको तस्वीर सार्वजनिक भएको छ। जम्मु कश्मीर विद्यार्थी संघका राष्ट्रिय प्रवक्ता नासिर खुएहामीले भारत कश्मीरका मानिसको लागि असुरक्षित रहेको भन्दै चिन्ता व्यक्त गरे।

भारतमा फरक मत राख्ने अल्पसंख्याको ज्यान जोखिममा हुने उनको भनाइ छ। उनका अनुसार भारतभर आइतबारको खेलपछि १४ कश्मीरका विद्यार्थीमाथि आक्रमण भएको र उनीहरुमध्ये सातजनालाई गम्भीर चोट लागेको छ। 

त्यस्तै भारतीय टोलीका बलर मोहम्मद समीलाई पनि सामाजिक सञ्जालमा दुर्व्यवहार भएको छ। धेरैले उनलाई देशद्रोही भन्दै म्यासेज तथा मेन्सन गरेका छन्। केहीले उनलाई पाकिस्तानी भएको भन्दै भारतीय टोलीबाट हटाउनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad