टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत पाकिस्तानसँग हारेको छ।
पाकिस्तानले आफ्नो पहिलो खेलमा भारतलाई १० विकेटले हराएको हो।
भारतको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो।
विश्वकपको खेलमा पाकिस्तानले भारतलाई जितेको यो पहिलोपटक हो।
पाकिस्तानका मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र बाबर आजमले ५२ बलमा ६८ रन बनाए।
पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतको टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो। पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
प्रारम्भिक असफलतापछि भारतीय टोलीका कप्तान विराट कोहली र ऋषभ पन्तले क्रमशः ५७ र ३९ रन बनाए।
१५२ रनको लक्ष्य पाउन पाकिस्तानका ओपनर मोहम्मद रिजवानले भुवनेश्वर कुमारको पहिलो ओभरमा १० रन लिए।
48
Shares

प्रतिक्रिया