ad ad

खेल


म्यानचेस्टर युनाइटेडको लज्जास्पद प्रदर्शन, पहिलो हाफमै चार गोल खायो

म्यानचेस्टर युनाइटेडको लज्जास्पद प्रदर्शन, पहिलो हाफमै चार गोल खायो

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार २२:१९, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतवार राति लिभरपुल र म्यानेस्टर युनाइटेड भिडिरहेका छन्। 

युनाइटेडलाई उसकै घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा लिभरपुलले खेलको पहिलो हाफमै ४ गोल हानिसकेको छ।

युनाइटेडविरुद्ध लिभरपुलले खेलको पाँचौँ मिनेटमै अग्रता बनायो। नाबी केइटाले मोहम्मद सलाको पासमा गोल गर्दै अग्रता बनाए।

त्यसपछि खेलको १३ औँ मिनेटमा डियगो जोटाले गोल गरेपछि लिभरपुल २-० ले अघि बढ्यो।

लिभरपुल त्यतिमै रोकिएन। युनाइटेडलाई निरीह सावित गर्ने क्रममा मोहम्मद सलाले खेलको ३८ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता ४-० मा पुर्‍याएका छन्। 

क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्ड जस्ता स्टार खेलाडीसहित घरेलु मैदानमा उत्रिएको युनाइटेडले लज्जास्पद खेल्दै पहिलो हाफमै चार गोल खाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .