ad ad

खेल


मानसिक स्वास्थ्यका कारण म्याक्सवेलले लिए क्रिकेटबाट विश्राम

मानसिक स्वास्थ्यका कारण म्याक्सवेलले लिए क्रिकेटबाट विश्राम

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ८:१,

अस्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यका कारण खेलबाट तत्कालका लागि विश्राम लिएका छन्। म्याक्सवेल केही समयका लागि खेलबाट टाढा रहने क्रिकेट अस्ट्रेलियाले बिहीबार जनाएको छ।

१ नोभेम्बमा श्रीलंकासँग हुने खेलमा उनको स्थान डार्सी सर्टले लिने जनाइएको छ। ‘उनी छोटो समय खेलबाट टाढा रहनेछन्,’ अस्ट्रेलियाली टोलीका मनोचिकित्सक माइकल लोइडले भनेका छन्। समस्या पहिचानका लागि ‘सपोर्ट स्टाफ’ले म्याक्सवेलसँग सहकार्य गरिरहेको जानकारी पनि उनले दिएका छन्।

म्याक्सवेललाई आफूहरुको पूर्ण साथ रहेको क्रिकेट अस्ट्रेलियाका महाप्रबन्धक बेन ओलिभरले बताएका छन्।

श्रीलंकासँगको टी–२० सिरिजमा म्याक्सवेल मध्यम लयमा थिए । पहिलो खेलमा उनले २८ बलमा ६२ रन बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .