ad ad

समाज


काठमाडौंको नाग पोखरीमा छठको भव्य तयारी

काठमाडौंको नाग पोखरीमा छठको भव्य तयारी

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ८:२५,

काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ।

छठ पूजा मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक १६ गते शनिबार नागपोखरीमा छठी माईको पूजा गर्ने व्यवस्था गरिएको जानकारी गराएको हो। पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा उदाउँदो सूर्यलाई अर्घ दिई सो पर्वको सुरुवात हुनेछ।

मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन हिमाल, पहाड र तराई सबै ठाउँमा छठ पर्वलाई भव्य रुपमा मनाउने उद्देश्यका साथ काठमाडौंका नागपोखरीमा यस वर्ष पनि छठी माईको पूजा गर्ने व्यवस्था मिलाइएको समितिको संयोजक किशोरी महतोले जानकारी दिए।

नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने जनाइएको छ। विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको हो। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घदिई मनाउने यो पर्वले आरोग्य लाभ हुने जनविश्वास रही आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .