एसिया कपको फाइनल चरण सिंगल राउण्ड रोबिनको आधारमा हुने भएको छ। बुधबार एएफसीले एक विज्ञप्ति जारी गर्दै यसअघि होम एण्ड अवेमा हुने तय भएको फाइनल चरण अब दुवै मुलुकलाई उपयुक्त हुने स्थानमा सिंगल राउण्ड रोबिनमा हुने बताएको हो।
एएफसी छनोटको फाइनल चरण सन् २०२२ को जुनमा हुनेछ।
कोभिड–१९ को महामारीको चुनौतीलाई ध्यानमा राख्दै एएफसीको कार्यकारी कमिटीले यस्तो निर्णय गरेको हो। खेलको लागि उपयुक्त स्थान भने तय हुन बाँकी छ।
एएफसीले फाइनल चरणसहित सबै चरणका खेल हुने स्थान उच्च स्वास्थ्य र सुरक्षाको मापदण्डको पालना हुने गरी सञ्चालन गरिने बताएको छ। त्यसको लागि कुनै पनि टोलीको लागि कम यात्रा र क्वारेन्टिनको मापदण्ड भएको स्थानमा खेलाइने एएफसीले बताएको छ।
27
Shares

प्रतिक्रिया