च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको समूह बीको खेलमा लिभरपुलले एथ्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।
लिभरपुलको जितमा मोहम्मद सलाहले दुई र नबी केइटाले एक गोल गरे। एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यानले दुई गोल गरे।
पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो तर दोस्रो हाफको ५२ औं मिनेटमा एथ्लेटिको मड्रिडको लागि दुई गोल गरेका ग्रिजम्यानले रातो कार्ड पाए। १० खेलाडीमा सीमित भएको एथ्लेटिकोविरुद्ध खेलको ७४ औं मिनेटमा लिभरपुलका सलाहले पेनाल्टीमार्फत गोल गरे। खेलमा थप गाेल हुन सकेन र लिभरपुलले ३-२ को जित हात पार्यो ।
यससँगै लिभरपुल तीन खेलमध्ये सबैमा जित हात पार्दै नौ अंकका साथ समूह बीको शीर्षस्थानमा छ।
21
Shares

प्रतिक्रिया