विश्वकप क्रिकेटमा फरक फरक देशबाट खेल्ने खेलाडीमा अर्को नाम थपिएको छ– डेभिड विस।
विस लगातार दोस्रो टी–२० विश्वकप खेलिरहेका छन्। यसपटकको टी–२० मा उनले फरक टोलीबाट खेलिरहेका छन्। यसअघि उनले दक्षिण अफ्रिकाको टोलीबाट विश्वकप खेलेका थिए।
सोमबार टी–२० विश्वकपको पहिलो चरणको समूह ‘ए’अन्तर्गत नामिबिया र श्रीलंकाको खेलमा विसले नामिबियाको लागि खेलेका हुन्।
खेलमा उनले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
सन् २०१६ मा भएको विश्वकपमा विसले दक्षिण अफ्रिकाको लागि तीन खेल खेलेका थिए।
यद्यपि त्यसपछि भने उनले दक्षिण अफ्रिकाको टोलीमा परेनन्। टोलीमा नपरेपछि उनले ससेक्सको लागि तीन वर्षको सम्झौता गरे।
सम्झौताअनुसार उनी अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिरिए। यससँगै उनले कोल्पाकको नियमअनुसार क्रिकेट खेल्न थाले।
यद्यपि बेलायतको ईयूबाट बहिर्गमनपछि कोल्पाकको दर्ता रद्द भएको थियो। यससँगै विसलाई पुनः राष्ट्रिय टोलीबाट खेल्ने अवसर मिल्यो। यो अवसर उनलाई नामिबियाले दियो।
नामिबियाको टोलीबाट यसै महिना विसले यूएईविरुद्धको खेलमा डेब्यु गरेका थिए। विस दक्षिण अफ्रिकामा जन्मिएका हुन्। उनले दक्षिण अफ्रिकाको टोलीमा सन् २०१३ मा डेब्यु गरेका थिए।
उनले दक्षिण अफ्रिकाको लागि ६ एकदिवसीय र २० टी–२० खेल खेलेका थिए।
यद्यपि नामिबियाको लागि क्रिकेट खेल्ने इच्छा आफूमा पहिलादेखि नै रहेको विसे बताउँछन्।
बीबीसीसँगको कुराकानीमा उनले भने, ‘मेरो परिवार नामिबियाबाट आएको हो। मेरो बुबा नामिबियामा जन्मिएका हुन् र अझै पनि मेरा परिवार नामिबियामा छन्। त्यसैले उनीहरुसँगको मेरो सम्बन्ध गहिरो छ।’
‘दक्षिण अफ्रिकाको टोलीमा छनोट हुनुभन्दा पहिला नै मैले नामिबियाको क्रिकेटसँगको सम्पर्कमा थिएँ’, उनले थपे, ‘नामिबिया मरुभूमिको मुलुक हो र मेरो परिवार पनि निकै संघर्षबाट आएको हो। त्यसैले म आफ्नो मुलुकलाई सानो भए पनि केही योगदान दिन चाहन्छु।’
‘मलाई मेरा बुबालाई पनि मैले दक्षिण अफ्रिकाभन्दा पनि नामिबियाबाट खेल्दा अझै खुसी मिल्छ जस्तो लाग्छ। मैले यो कुरा कहिल्यै भनेको थिइनँ तर सधैं मनमाचाहिँ लागिरहन्थ्यो’, विसले भने।
यसपटकको विश्वकपको पहिलो चरणको खेलमा नामिबियाको समूहमा श्रीलंका, आयरल्याण्ड र नेदरल्याण्ड्स छन्। नामिबिया सोमबारको खेलमा श्रीलंकासँग पराजित भइसकेको छ। माथिल्लो समूहका दुई टोलीले दोस्रो चरण खेल्न पाउनेछन्। बीबीसीबाट
Shares

प्रतिक्रिया