ad ad

खेल


पहिलोपल्ट साफको फाइनलमा पुगेको फुटबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

पहिलोपल्ट साफको फाइनलमा पुगेको फुटबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

नेपालखबर
असोज २७, २०७८ बुधबार २०:१, काठमाडौँ

पहिलोपल्ट दक्षिण एसियाली फुटबल(साफ)को फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीले शेरबहादुर देउवाले बधाई दिएका छन्।

समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल पहिलोपल्ट फाइनलमा पुगेको हो।

नेपाल फाइनलमा पुगेपछि प्रधानमन्त्रीले ट्विटमार्फत बधाईं दिदैँ लेखेका छन्, 'हार्दिक बधाई तथा शुभकामना ! साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु।'

माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमै पछि परेको थियो। 

बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो। बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

खेलको ८८ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८६ औं मिनेटमा  अन्जनलाई बंगलादेशी खेलाडीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। त्यसमा गोल गर्दै अन्जनले नेपाललाई ऐतिहासिक सफलता दिलाए।

बंगलादेशलाई बराबरीमा रोकेसँगै नेपाल ७ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा हालसम्म नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन।

यसअघि नेपाल ५ पटक साफको सेमिफाइनलबाटै घर फर्किएको थियो। यसअघिको संस्करणमा पनि २०१८ मा नेपाल माल्दिभ्ससँग ३-० ले सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो। 

त्यसअघि सन् २०१३,२०११, १९९५ र १९९९ मा  नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो।

नेपालले अब उपाधिका लागि ३० गते भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ। आजै हुने दोस्रो खेलमा भारत र माल्दिभ्स  भिड्दैछन्।

भारतलाई स्पष्ट जितको आवश्यकता हुँदा माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .