खेल


भैरहवाले काठमाडौंलाई पेस गर्‍यो १८९ रनको बलियो लक्ष्य

भैरहवाले काठमाडौंलाई पेस गर्‍यो १८९ रनको बलियो लक्ष्य

नेपालखबर
असोज २०, २०७८ बुधबार १६:५, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को एलिमेनेटर खेलमा बिहीबार भैरहवा ग्लाडियटर्सले काठमाडौं किंग्स इलाभेनसामु १ सय ८९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८८ रनको योगफल बनाएको हो। 

दोस्रो विकेटका लागि प्रदीप ऐरी र उपुल थरङ्गाले ४७ रनको साझेदारी गरे। 

प्रदीप ३९ रन जोड्दा विकेट किपरको हातबाट आउट भए। २७ बलको सामना गरेका प्रदीपले ६ चौका र १ छक्का हाने। उपुल ३५ बलमा क्याच आउट भए। उनले ३३ बलमा ५ चौका हाने।

पाँचौँ विकेटका लागि कुशल मल्ल र शरद भेषावकरले ६१ रनको साझेदारी गर्दै भैरहवालाई बलियो योगफल उन्मुख गराएका थिए। कुशलले २० बलमा ४ छक्का मद्दतमा ३२ रनमा पवेलियन फर्के। 

भेषावकर ४९ रनमा पवेलियन फर्के। २० बलको सामना गरेका शरदले ७ चौका र ३ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका शरद क्याच आउट हुन पुगे। 

उनी आउट भएसँगै  इपीएलमा सर्वाधिक छिटो अर्धशतक बनाउनबाट चुक्न पुगे। आरिफ शेख १५ रनमा रन आउट भए। 

ओपनर तमिम इक्वाल ९, रोहित पौडेलले एक रन थपे। धम्मिका प्रसाद १ र नमा नटआउट रहे। दुर्गेश थापा गोल्डेश डकआउट भए। 

काठमाडौका सन्दीप लामिछाने र असान प्रियञ्जनले दुई विकेट लिए। शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले एक एक विकेट झारे। 

आजको खेलको विजेताले फाइनलमा स्थान बनाउनका लागि दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजसँग खेल्नेछ। 

सर्वाधिक छिटो अर्धशतक बनाउनबाट चुके शरद 
भैरहवा ग्लाडियटर्सका कप्तान शरद भेषावर २०औँ ओभरको दोस्रो बलमा क्याच आउट भएसँगै एभरेष्ट प्रिमियर लिग (इपीएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमानबाट चुक्न पुगे।

२० बलमा ७ चौका र ३ छक्का प्रहार गरेका उनी लामो सट खेल्ने धुनमा क्याच आउट भएका हुन्। 

२० बलमा उनले अर्धशतक प्रहार गरेको खण्डमा उनले आजमतुल्लाह आमरजाईको कीर्तिमान तोड्ने थिए। 

यसअघि ललितपुरका आजमतुल्लाह अमरजाईले विराटनगरविरुद्ध २१ बलमा अर्धशतक पूरा गर्दै ईपीएलमा कीर्तिमान बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad