खेल


चितवन पहिलोपटक ईपीएलको फाइनलमा

चितवन पहिलोपटक ईपीएलको फाइनलमा

नेपालखबर
असोज २०, २०७८ बुधबार ११:४२, काठमाडौँ

पोखरा राइनोजविरुद्ध ९ विकेटकाे सानदार जित हासिल गर्दै चितवन टाइगर्स पहिलोपटक एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

अब उपाधिका लागि चितवनले शनिबार दोस्रो क्वालिफायर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पराजित पोखराले भने फाइनलमा स्थान बनाउन अर्को अवसर पनि पाउनेछ। 

पोखराले आजै हुने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा स्पर्धा गर्नेछ।

एलिमिनेटर खेलमा आज भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेन भिड्दै छन्। खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।

लिग चरणको खेलमा चितवनले पोखरालाई ९ विकेटले हराएकाे हाे। 

पोखराले दिएको ६७ रनको झिनो लक्ष्य चितनवले आठौँ ओभरको पाचौँ बलमा १ विकेटको क्षतिमा सहजै भेट्टाएकाे थियाे। 

चितवनका लागि ओपनर मोहम्मद शहजाद र हासिम अन्सारीले पहिलो विकेटका ६३ रनको साझेदारी गरे।

मोहम्मद आठौं ओभरको पहिलो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे। २६ बलकाे सामना गरेका मोहम्मदले ७ चौका र २ छक्का मद्दतमा ४८ रनमा क्याच आउट भए। 

हासिम १४ र करिम जन्नत ४ रनमा नटआउट रहे। २० बलको सामना गरेका हासिमले १ चौका र १ छक्का हाने। करिम जन्नतले १ बलमा १ चौका हान्दै ४ रन हाने। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिक्रेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखरा १५ ओभरमा ६६ रन जोड्दा अलआउट भयो। 

खराब सुरुवात गरेको पोखराका लागि ओपनर रिचार्ड लेवीले बनाएको १९ रन नै सर्वाधिक रह्यो। १२ बलको सामना गरेका लेवीले २ चौका र १ छक्का हाने। 

सुनिल धमालाले १८ र सुसान धमालाले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कप्तान विनोद भण्डारी र नन्दन यादव गोल्डेन डक आउट भए। 

कसिलो बलिङ गरेको चितवनका लागि घातक बलिङ गरेका साहब आलममले १० रन खर्चेर ४ विकेट झारे। सागर ढकाल एक्लैले ४ विकेट लिए।

सागरले आफ्नो स्पेलमा मात्र १४ रन खर्चे। करिम जन्नत र सोमपाल कामीले एक/एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad