राजनीति


प्रकाशमान सिंहको प्रश्नः गणेशमानको छोरा हुँदैमा सभापति बन्न नपाउने?

प्रकाशमान सिंहको प्रश्नः गणेशमानको छोरा हुँदैमा सभापति बन्न नपाउने?

नेपालखबर
असोज २०, २०७८ बुधबार ११:२७, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्वकर्ता कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको दाबी गरेका छन्। 

कांग्रेस काठमाडौं महानगर कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिन बुधबार आयोजित कार्यक्रममा नेता सिंहले १३औं महाधिवेशनपछि पार्टीको नेतृत्व कमजोर नेताको हातमा पुगेको आरोप लगाएका हुन्। 

यसैकारण कांग्रेस कमजोर भएको र कम्युनिस्टहरूको मनोबल बढेको दाबी उनले गरेका हुन्। 

‘पटकपटक प्रतिनिधिसभा किन विघटन भयो’, सिंहले भने, ‘१३औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो। परिणाम स्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ। १४औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै नेता सिंहले यस्तै अवस्था रहे केही दिनपछि कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने टिप्पणी पनि गरे। 

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको दाबी गर्दै उनले सभापति बन्न नहुने कारण देखाइदिन उनीहरूलाई आग्रह गरेको उल्लेख गरे। 

‘मैले शेरबहादुर दाइलाई भनिसकेको छु। पाँचपटक प्रधानमन्त्री भइसक्नुभएको छ, विभाजित कांग्रेस र अहिले गरी दुईपटक सभापति बनिसक्नुभएको छ। अब छाडिदिनुर्पयो। रामचन्द्र दाइलाई पनि भनिसकेको छु’, सिंहले भने, ‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने? गणेशमानको छोरा हुँदैमा सभापति बन्न पाइँदैन? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइदिनुर्पयो। गणेशमानको परिवारले सधैँ त्याग मात्र गर्नुपर्ने?’

१३औं महाधिवेशनमा आफूले वरिष्ठ नेता पौडेललाई सभापति बन्न छाडिदिएको जिकिर गर्दै उनले यसपटक कुनै हालतमा पछि नहट्ने बताए। 

राजनीतिमा ५० वर्षको आफ्नो अनुभवका माध्यमबाट कांग्रेसलाई सबल बनाउन चाहेका उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad