खेल


क्रिकेटमा योगदान गरेबापत आलमलाई ५१ हजार

क्रिकेटमा योगदान गरेबापत आलमलाई ५१ हजार

नेपालखबर
असोज १६, २०७८ शनिबार २०:२१, काठमाडौँ

नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर महबबु आलमलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) ले सम्मान गरेको छ। 

नेपाली क्रिकेटमा गरेको योगदानको कदर गर्दै महबुबलाई शनिबार ईपीएलले ५१ हजार रुपैयाँ दिएर सम्मान गरेको हो।

उनलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहले सम्मान गरेका हुन्। 

सन् २००० मा जापानविरुद्धको खेलमा नेपालबाट डेब्यु गरेका महबुबले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरिसकेका छन्। 

सन् २००८ मा मोजाम्बिकविरुद्ध मेहबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिँदै गिनिज बुकमा नाम लेखाएका थिए।

महबुब सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वका एक्ला खेलाडी हुन्। 

महबुब घरेलु क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो र एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटरसमेत हुन्। ​

मेहबुबले नेपालबाट अन्तिमपटक २०१७ मार्चमा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad