राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगअन्तर्गतको आजको दोस्रो खेल अहिले भइरहेको छ।
खेलमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्ससामु १७८ रनको लक्ष्य पेस गरेको छ।
निर्धारित २० ओभरको खेलमा ललितपुरले ७ विकेट गुमाई १७७ रनको योगफल तयार पारेको हो।
ठूलो लक्ष्य दिने क्रममा ललितपुरका स्यान्डुन विराकोदीले ४१ बलमा ५८ रनको योगदान गरे। कप्तान कुशल भुर्तेलले ५ बलमा २ रन जोड्दा ओसादा फर्नान्डोले १९ बलमा २० रन बटुले।
त्यस्तै सन्दीप जोराले २५ बलमा ३८ रन, अज्मातुल्लाह ओमारजाईले २२ बलमा ४२ रनको योगदान गरे। पवन सर्राफले भने ३ बलमा १ रनमात्रै जोड्नसके। त्यस्तै योगेन्द्र सिंह कार्कीले ५ बलमा ७ रन बटुले।
बलिङतर्फ भैरहवाका धामिका प्रसादले १ विकेट, अविनाश बोहराले २, कृष्ण कार्की र आरिफ शेखले १÷१ विकेट लिए। दुर्गेश गुप्ता र शरद भेषावकरले भने विकेट लिन सकेनन्।
१७८ रनको लक्ष्य पछ्याएको भैरहवाले जवाफी ब्याटिङ सुरु गरेको छ। चौथो ओभर चलिरहँदा भैरहवाले १ विकेट गुमाएर २० रन जोडेको छ।
Shares

प्रतिक्रिया