खेल


अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सको साथ

अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सको साथ

नेपालखबर
असार ५, २०७६ बिहिबार १०:३१,

आगामी असार १७ गते हुने एनएसजेफ पल्सर स्पाेर्टस अवार्डलाई सह- प्रायाेजनका रुपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सकाे साथ दिएका छन्।

एनएसजेएफले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच घाेराही सिमेन्ट इन्डस्ट्री प्रालिकाे उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्ससँग सह-प्रायाेजन सम्झाैता गरेकाे हाे।

मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र घाेराही सिमेन्टकाे निर्देशक आदित्य सांघाई तथा अर्को सम्झौतामा मञ्चका अध्यक्ष सुवेदी र टर्किस एयर लाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्लाहले हस्ताक्षर गरे। 

सम्झाैता अनुसार सगरमाथा सिमेन्टले अवार्डका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने छ। यस्तै टर्किसले मञ्चका सदस्यलाई १० प्रतिशत, वर्ष पुरुष र महिला विजेतालाई ५ लाख बराबरकाे दुई थान टिकट उपलब्ध गराउने छ। दुबै सम्झाैता १ वर्षकाे रहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .