झापा ११, वीरगञ्ज यूनाइटेड र चर्च ब्वाइज क्लब सी डिभिजन लिगमा बढुवा भएका छन्।
बढुवा भएसँगै यी क्लबहरुले यसवर्ष शहिद स्मारक सी डिभिजन लिग खेल्नेछन्।
एन्फाले आयोजना गरेको सी डिभिजन छनोट सकिएसँगै यी क्लबहरु सी डिभिजनमा छनोट भएका हुन्।
३८ टोली सहभागी सी डिभिजन छनोटको अन्तिम खेलमा वीरगञ्जले स्पोर्टस एकेडेमी साँगालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।
खेलको ११औं मिनेटमा वीरगञ्जका कप्तान चतुरधन चौधरीले सुरुवाति गोल गरेका थिए। यस्तै ५७औं मिनेटमा उज्जल लोप्चन श्रेष्ठ तथा ७७औं मिनेटमा साब्बिर चौधरीले गोल गरे।

प्रतिक्रिया