च्याम्पियन्स लिगमा रोबर्टो लेवान्डोस्कीका दुई गोलकाे मद्दतमा बायर्न म्युनिखले डायनामो किभविरुद्ध सानदार जित हासिल गरेकाे छ।
बुधबार राति भएको खेलमा बायर्नले किभलाई ५–० को फराकिलो अन्तरमा पाखा लगाएको हो। पहिलो हाफमा २–० ले अग्रता बनाएको बायर्नले दोस्रो हाफमा ३ गोल थप्यो।
बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा सर्ज न्याब्री, लेरोय साने र एरिक मैक्सिम चौपो मोटिले एक/एक गोल गरे।
जितसँगै २ खेलबाट ६ अंक जोडेको बायर्न समूह एफको शीर्ष स्थानमा छ। पराजित किभ १ अंकका साथ तेस्रो स्थानमा छ।
गएराति नै भएको सोही समूहको अर्को खेलमा बार्सिलोना बेनफिकासँग ३–० गोल अन्तरले हारेकाे छ।
बेनफिकाको जितमा नुनेजले २ तथा फरेरा सिल्भाले एक गोल गरे।
जितसँगै २ खेलबाट ४ अंक जोडेको बेनफिका दोस्रो स्थानमा छ। पराजित बार्सिलोना समूह चरणको पुछारमा छ।
गएराति नै भएको समूह एचको खेलमा इटालियन फरवर्ड फेडेरिको चिएसाको निर्णायक गोलमा युभेन्टसले चेल्सीलाई हराएकाे छ।
पहिलो हाफको इन्ज्युरी समयमा इटालियन फरवर्ड फेडेरिको बर्नार्डिस्कीको पासमा गोल चिएससाले गोल गरेपछि
युभेन्टसले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो।
जितसँगै युभेन्टसले २ खेलबाट ६ अंक जोडेको छ। पराजित चेल्सी ३ अंकका साथ दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया