खेल


टोटनहन हट्सपुरमाथि चेल्सीको सहज जित

टोटनहन हट्सपुरमाथि चेल्सीको सहज जित

नेपालखबर
असोज ४, २०७८ सोमबार ६:३८, काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनहन हट्सपुरमाथि सहज जित हात पारेको छ। 

आइतबार टोटनहमको घरेलु मैैदानमा भएको खेलमा चेल्सीले ३–० को जित निकालेको हो। पहिलो हाफ गोलरहित भएको खेलमा चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको हो।
 
चेल्सीको जितमा थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले गोल गरे। खेलको ४९ औं मिनेटमा सिल्भाले एलोल्सोको पासमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ५७ औं मिनेटमा एन गोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। 

इन्जुरी समयको दोस्रो मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीको गोल अन्तर फराकिलो पारे। 

जितसँगै चेल्सीले ५ खेलमा १३ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ। पराजित टोटेनहम ९ अंकमा सातौं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad