खेल


करण र सन्दीप चम्किएपछि ओमानको लगातार विकेट पतन

करण र सन्दीप चम्किएपछि ओमानको लगातार विकेट पतन

नेपालखबर
असोज ३, २०७८ आइतबार १७:३०, काठमाडौँ

करण केसी र सन्दीप लामिछाने चम्किँदा आइसीसी लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ। 

लगातार विकेट पतनले दबाबमा आएको ओमानले १४ ओभरको समाप्तिमा ४३ रन जोड्दा ६ विकेट गुमाइसकेको छ। 

नेपालका लागि करण केसी र लेगस्पिनर सन्दीप लामिछानेले समान ३ विकेट लिए। 

सन्दीपले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिएका छन्। सन्दीपले विकेट किपर सुरज कुमार लाई शुन्य रनमा बोल्ड आउट गरे। १ बलको सानमा गरेका नेस्टोर डम्बा शून्य रनमा नै एलबीडब्लु धरापमा पारे। 

नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो। 

करण केसीले ओपनर जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाए। १३ बलमा १ चौका र १ छक्का मद्धतमा १३ रन बनाएका सिंह लामो सट खेल्ने धुनमा आशिफ शेखको हातबाट क्याच आउट हुन पुगे। 

त्यस्तै छैटौँ ओभरको पाँचौ बलमा करणले दोस्रो विकेट लिन सफल भए। ओमानका अर्का ओपनर सुफियान मेहमुदलाई ४ रनमा पवेलिएन फर्काए। 

करणले उनलाई सुसन भारीको हातबाट क्याच आउट गराए। १६ बलको सामना गरेका सुफीयानले ४ रन मात्र जोडे। 

करणले आठौँ ओभरको पाँचौ बलमा आयान खानलाई बोल्ड आउट गरे। १८ बलमा ७ रन बनाएका खान मैदान छाड्न बाध्य भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad