खेल


सन्दीपले लिए पहिलो ओभरमै विकेट

सन्दीपले लिए पहिलो ओभरमै विकेट

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०७८ आइतबार १७:१५, काठमाडौँ

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट झार्न सफल भएका छन्। 

१२औँ ओभरमा बलिङ गर्न आएका सन्दीपले ओभरको अन्तिम बलमा विकेट लिएका हुन्। 

सन्दीपले मोहम्मद नविदलाई एलबीडब्लु धरापमा पारे। सन्दीपले ३ रन खर्चेर विकेट लिन सफल भए। १८ बलमा ४ रन मात्र बनाएका नविद पवेलियन फर्के। 

नेपालका करण केसीले लगातार तिन विकेट लिदै ओमानलाई दबाबमा पारेका छन्।  

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो। 

ओपनर जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाएका थिए। १३ बलमा १ चौका र १ छक्का मद्धतमा १३ रन बनाएका सिंह लामो सट खेल्ने धुनमा आशिफ शेखको हातबाट क्याच आउट हुन पुगे। 

त्यस्तै छैटौँ ओभरको पाँचौ बलमा करणले दोस्रो विकेट लिन सफल भए। ओमानका अर्का ओपनर सुफियान मेहमुदलाई ४ रनमा पवेलिएन फर्काए। 

करणले उनलाई सुसन भारीको हातबाट क्याच आउट गराए। १६ बलको सामना गरेका सुफीयानले ४ रन मात्र जोडे। 

करणले आठौँ ओभरको पाँचौ बलमा आयान खानलाई बोल्ड आउट गरे। १८ बलमा ७ रन बनाएका खान मैदान छाड्न बाध्य भए। 

कसिलो बलिङ गरेका करणले ६ ओभरमा १४ रन खर्चेर १ मेडनसहित ३ विकेट लिन सफल भएका हुन्।  

५ ओभर बलिङ गरेका सोमपाल कामीले १ मेडन राख्दै १५ रन खर्चे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad