आइसीसी लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो।
नेपालका बलर करण केसीले ओपनर जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाएका हुन्। १३ बलमा १३ रन बनाएका सिहं लामो सट खेल्ने धुनमा आशिफ शेखको हातबाट क्याच आउट हुन पुगे।
नेपाली टोलीले आजको खेलमा २ खेलाडी परिवर्तन गरेको छ। टोलीमा शरद भेषावकर र आरिफ शेखले स्थान बनाउँदा टोलीमा रहेका गुलशन झा र कुशल मल्ललाई बेन्चमा राखिएको छ।
सिरिजको १ खेलमा जित र २ खेलमा हार व्यहोरेको नेपाल अन्तिम खेलमा ओमानलाई पराजित गर्दै सुखद अन्त्य गर्न चाहान्छ। उता ओमान भने नेपालमाथि लगातार चौथो जित निकाल्ने योजनामा छ।
Shares

प्रतिक्रिया