खेल


अमेरिकासँग खेल्दै नेपाल, यी दुई खेलाडी हुनसक्छन् परिवर्तन

अमेरिकासँग खेल्दै नेपाल, यी दुई खेलाडी हुनसक्छन् परिवर्तन

नेपालखबर
असोज १, २०७८ शुक्रबार १२:४८, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले आज शुक्रबार अमेरिकासँग खेल्दै छ। खेल ओमानको अल अमरेत क्रिकेट मैदानमा सवा ४ बजे हुनेछ। 

ओमान भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। 

अमेरिकामाथि हावी हुँदै आएको नेपाल लगातार चौथो जितको खोजीमा हुनेछ। अमेरिका भने पहिलो जितको लागि संघर्षरत हुनेछ। 

त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानसँग भने लगातार हार व्यहोर्दै आएको छ। 

जारी सिरिजमा अमेरिका नेपाल र ओमानसँगको दुवै खेलमा पराजित भएको छ। 

नेपालले २०२० फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो। 

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ। 

मुख्य प्रशिक्षक डेभ वाटमोरले युवा अलराउन्डर कुशल मल्लको स्थानमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई ल्याउन सक्नेछन् भने मध्यगतिका बलर विक्रम सोबको स्थानमा तीव्र गतिका बलर गुलसन झालाई डेब्यु गराउन सक्नेछन्। 

ओमानसँगको खेलमा स्वास्थ्यमा समस्या आएपछि बलिङ गर्न नसकेका सन्दीप लामिछाने प्रशिक्षणमा सहभागी भइसकेका छन्। 

हेड टु हेड
नेपाल र अमेरिकाबीच अहिलेसम्म तीन ओडिआई खेल भएको छ। 

यी तीनै खेलमा नेपाल हावी भएको छ। गत वर्ष घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो। 

तेस्रो खेलमा ५ विकेटले जित निकालेको थियोे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad