ad ad

खेल


यूईएफए च्याम्पियन्स लिगः बायर्न म्युनिखको सानदार सुरुवात

यूईएफए च्याम्पियन्स लिगः बायर्न म्युनिखको सानदार सुरुवात

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ६:५४, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिग २०२०–२१ अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ। 

मगंलबार राति क्याम्प नोउमा भएको समूह ई को खेलमा बार्यनले क्याटलान क्लब बार्सिलोनाविरुद्ध ३–० गाेलअन्तरले जित हासिल गरेकाे हाे। 

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा टोमस मुलरले १ गोल गरे। खेलको ३४औं मिनेटमा मुलरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अग्रता बनाएको बार्यनले दोस्रो हाफमा २ गोल थप्यो।

खेलको ५६औं मिनेटमा फरवार्ड लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे। ८५औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गरेका बार्यनलाई ३–० को स्थितीमा ल्याए। 

जितसँगै बार्यनले ३ अंक जोडेको छ। बार्सिलोना अंकविहीन छ। 

यसै समूहको अर्को खेलमा डिनामो किएभ र बेन्फिकाले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .