खेल


नेपालद्वारा ओमानसामु १ सय ९७ रनको लक्ष्य

नेपालद्वारा ओमानसामु १ सय ९७ रनको लक्ष्य

आईसीसी विश्वकप छनोट लिग २ अन्तर्गत अमेरिका ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल सस्तैमा समेटिएको छ। 

सिरिजको दोस्रो खेलमा नेपालले ओमानसामु १ सय ९७  रनको सामान्य लक्ष्य दिएको हो। 

ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४७ दशमलव ४ ओभरमा १ सय ९६  रन जोड्दा अलआउट भयो।  
मध्यक्रममा लगातार विकेट पतन हुँदा नेपाल कम स्कोरमा रोकिन पुग्यो। 

नेपालका लागि ओपनर आरिफ शेखले उत्कृष्ट पर्दशन गरेपनि अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। 

ओमानका बलरसामु नेपाली ब्याट्सम्यान निहिर हुँदा ५ जनाले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

शेखले ९० रनको योगदान दिए। १ सय १२ बलको सामना गरेका शेखले ७ चौका र १ छक्का प्रहार गरे। शतक नजिक पुगेर पनि चुक्न पुगेका शेखले ओडीआई करियरको पहिलो अर्धशतक प्रहार गरे। ओडिआईमा अर्धशतक प्रहार गर्ने शेख १० औँ खेलाडी हुन्। 

कप्तान ज्ञानेन्द्र मल्लले २१ र रोहित पौडेलले २० रन थपे। करण केसीले २१ रन थपे। सन्दीप लामिछाने १६ रन जोड्दा रन आउट भए। अन्य ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन्। 

ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा नै पवेलियन फर्के। विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४, विक्रम सोबले २ रन मात्र बनाउन सके। सुशन भारी २ रनमा नटआउट रहे। 

ओमानका विकल खान नेपालका लागि घातक बने। विकल सोब एक्लैले ४ विकेट लिए। नेष्टर डम्बाले २ तथा मोहम्मद नदिमले एक विकेट लिए।

भदौ २९, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .