ad ad

खेल


अमेरिकामाथि नेपालको सानदार जित

अमेरिकामाथि नेपालको सानदार जित

नेपालखबर
भदौ २८, २०७८ सोमबार २३:४०, काठमाडौँ

कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकामाथि ५ विकेटको सानदार जित हात पारेको छ। 

ओमानमा सोमबार राति सम्पन्न खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ६ बल अगावै ५ विकेट गुमाएर भेट्टायो। 

नेपालका लागि ​कुशलले सर्वाधिक ८४ रनको इनिङ खेल्दै राम्रो सुरुवात दिलाएका थिए। ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

एक दिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) क्रिकेटमा यो उनको करियरको पहिलो अर्धशतक समेत हो। अघिल्लो साता पपुवा न्युगिनी एक दिवसीय क्रिकेटमा डेब्यु गरेका भुर्तेलले तेस्रो खेलमा नै अर्धशतक प्रहार गरेका हुन्। 

पहिलो विकेटका लागि कुशलले आरिफसँग ६६ रनको साझेदारी गरेका थिए। जुन ओडिआई खेलमा पहिलो विकेटका ओपनरले गरेको यो अहिलेसम्म कै उच्च साझेदारी हो।

यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो। जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए।

कुशलपछि नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रनको नटआउट इनिङ् खेले। उनले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। 

अमेरिका अघि नेपालले पीएनजीसँग खेलेको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा समेत रोहितले क्रमश ४६ र ८६ रनको इनिङ खेलेका थिए।

पाँचौ विकेटका लागि रोहित पौडेल र विनोद भण्डारीले ८३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालको जित निश्चित भएको थियो। ओडिआईमा पाँचौ विकेटका लागि नेपालको तर्फबाट भएको यो अहिलेसम्मकै ठुलो साझेदारी हो।

विनोद भण्डारीले ४८ बलमा २ चौका र १ छक्काको मद्दतमा ३७ रन जोडे। यस्तै आशिफ सेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७, कुशल मल्लले १ रन जोडे। 

त्यसअघि​ मोनाक पटेलले शतकीय पारी खेलेपछि ओमानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन जोडेको थियो। 

अमेरिकी विकेटकिपर पटेलले ११४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन जोडेका थिए। 

त्यसबाहेक अमेरिकाका ओपनर स्टिभन टेलले १४ रन जोडे। उनले १७ बलको सामना गर्दै १ चौका प्रहार गरे। अर्का ओपनर सुशान्त मोदानीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोडे। त्यसबाहेक अमेरिकाका नोसथुस केन्जिंगे र सन्जय कृष्णमुर्तिले समान १३-१३ रन जोडेका थिए। 

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २ ओभर मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। सुशन भारीले पनि १० ओभमा ३१ रन दिएर २ तथा विक्रम सोबले समेत २ विकेट लिए। यस्तै कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।

करण केसी र सोमपाल कामीले कुनै विकेट लिन सकेनन्। खेलमा नेपालका लागि करण केसी निकै महंगा सावित भए।

५ ओभर बलिङ गरेका करणले ४१ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। ९ ओभर बलिङ गरेका सोमपालले ४४ रन खर्चे। 

नेपालले अब भोली मंगलबार ओमानसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .