राजनीति


जाजरकोटमा नेकपा नेतामाथि विप्लव कार्यकर्ताको आक्रमण

जाजरकोटमा नेकपा नेतामाथि विप्लव कार्यकर्ताको आक्रमण

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ७:४३,

 बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो।

आक्रमणमा परी प्रदेशसदस्य सिंहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए। चन्द कार्यकर्ताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ।

विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ।

प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad