राष्ट्रिय ए डिभिजन लिग फुटसलको उद्घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौं भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार लिगको पहिलो दिन दुई खेल हुनेछ। सोही दिन स्पोर्ट्स क्यास्टल पोखरा र प्रभातफेरी युथ क्लब खेल्नेछन्।
६ प्रदेशका १० टोली सहभागी लिगको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
लिगको शीर्ष स्थानमा रहने दुई टोलीले क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन।
पहिलो क्वालिफायर खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ। पराजित टोलीले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
दोस्रो क्वालिफायर खेलको विजेताले उपाधिका लागि पहिलो क्वालिफायर खेलको विजेतासँग भिड्नेछ।
फुटसल लिगमा प्रदेश १ को दुई टोली, बागमती प्रदेशका ४, गण्डकी प्रदेशका दुई तथा लुम्बिीनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका दुई टोली सहभागी छन्।
फुटसल लिग असोज २ देखि २२ गतेसम्म पोखरामा हुनेछ।
यस्ताे छ तालिका
Shares

प्रतिक्रिया