खेल


कोपा अमेरिका: कोलम्बियाको दोस्रो जित

कोपा अमेरिका: कोलम्बियाको दोस्रो जित

नेपालखबर
असार ५, २०७६ बिहिबार ३:१८,

कोलम्बियाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित हात पारेको छ। 

समूह चरणको खेलमा बिहीबार बिहान आमन्त्रित टोली कतारलाई १-० गोल अन्तरले पराजित गर्दै कोलम्बियाले दोस्रो जित निकालेको हो।

मोरुम्बी स्टेडियममा भएको खेलमा कोलम्बियाको जितमा डुभान जापाटाले खेल सकिन ४ मिनेटमा निर्णायक गोल गरेका थिए।

जितसंगै समूह 'बी' को कोलम्बियाले २ खेलबाट ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-० ले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad