खेल


अस्ट्रेलियाद्वारा ५० बढी अफगान महिला फुटबल खेलाडीको उद्धार

अस्ट्रेलियाद्वारा ५० बढी अफगान महिला फुटबल खेलाडीको उद्धार

नेपालखबर
भदौ ९, २०७८ बुधबार १२:३२, काठमाडौँ

अस्ट्रेलिया सरकारले अफगानिस्तानका ५० भन्दा बढी महिला फुटबल खेलाडीहरुको उद्धार गरेको छ।

विश्व खेलकुदको सर्वोच्च निकाय फिफा र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिप्रो) को अपिलपछि अष्ट्रेलिया सरकारले महिला फुटबल खेलाडी र तिनका परिवारको उद्धार गरेको हो। 

खेलाडीहरुको उद्धारपछि फिप्रोले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेको छ। उद्धार गरिएका महिलाहरु विदेशमा बसोबास गर्नका लागि कामको आवश्यकता रहेको विज्ञप्तिमा भनिएको छ। 

तालिवानले अफगानिस्तानको राजधानी काबुलसहित अन्य क्षेत्र कब्जा गरेपछि महिला खेलाडीहरु लुकेर बसेका थिए।

५० भन्दा बढी खेलाडी उद्धारपछि पनि अझै अरु कैयौँ युवा महिला, खेलाडी र खेल अभियन्ता अफगानिस्तानमा खतराको स्थितिमा रहेको बताइएको छ। 

अफगानिस्तानकी पूर्वफुटबल कप्तान खालिदा पोपलले अफगानिस्तान महिला फुटबल टोली र उनीहरुको युवा टोलीका सदस्यहरुको उद्धारलाई महत्वपूर्ण जित भनेकी छिन्। 

यसअघि सन् १९९० को दशकमा तालिवानले अफगानिस्तामा सत्ता कब्जा गरेपछि साना बालिकाहरुलाई १० वर्षको उमेरपछि विद्यालय जान रोक लगाउँदै बालविवाह गर्न बाध्य पारिएको थियो। 

अमेरिकी सेनाको नेतृत्वमा भएको सैन्य आक्रमणसँगै सन् २००१ पछि​ तालिवानको कठोर शासन अन्त्य भएको थियो। त्यसकाे २० वर्षपछि तालिबानले पुन: सत्ता कब्जा गरेकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad