नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारबाट सुरु भएको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन उनी अनशनस्थल जाने भएका हुन्।
बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पुगेर नेता पौडेलले सभापतिहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउने उनको सचिवालयले जनाएको छ।
संस्थापनइतर समूहका जिल्ला सभापतिहरुले बुधबारबाट सानेपामा रिले अनशन सुरु गरेका छन्।
पहिलो दिनको अनशनमा नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला बसेका छन्।
संस्थापनइतर समूहका जिल्ला सभापतिहरुले मंगलबार पनि पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए।
उक्त धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुनरसिंह केसी, गगन थापा, डा। शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्तलगायतका नेताहरुले ऐक्यवद्धता जनाएका थिए।
Shares

प्रतिक्रिया