एथ्लेटिक्स खेलको विकास विस्तारमा निरन्तर सहयोग पुर्याउने उद्देश्यले स्थापित एथ्लेटिक्स परिवार नेपालले यो वर्ष तीनवटा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
उक्त संस्थाले आगामी मंसिरमा युथ एथ्लेटिक्स च्याम्पियनसिप (यू१६ र २०), माघमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता र फागुनमा गोल्डेन एथ्लेटिक्स मिट–२०२२ आयोजना गर्ने जनाएको छ। त्यस्तै २०७९ अर्थात् अर्को वर्ष साउनमा खुल्ला क्रसकन्ट्री दौड प्रतियोगिता पनि गर्ने उसले जनाएको छ।
यी प्रतियोगितालाई संस्थाले आफ्नो वार्षिक क्यालेन्डरमा राखेको छ। यी प्रतियोगिता आयोजना गर्न ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संस्थाले जनाएको छ।
एथ्लेटिक्स परिवार नेपाल जिप्रका काठमाडौंमा दर्ता गरिएको ९ सदस्यीय संस्था हो। यसको अध्यक्ष राजन खत्री, उपाध्यक्ष दिपक कुमार रञ्जित, सचिव मञ्जु श्रेष्ठ, कोषाध्यक्ष सुषमा पाण्डे रहेका छन्। त्यस्तै सदस्यहरु राजकुमारी पाण्डे, सीताराम महतो, सुन्दर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन्।
कोभिडलगायतका कारण बाधा अवरोध नभए तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन हुने संस्थाले जनाएको छ।
Shares

प्रतिक्रिया