प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निर्णय लगत्तै देउवा शीतल निवास पुगेका हुन्।
एमालेलाई विभाजित गर्ने योजनासहित ल्याइएको अध्यादेश जारी गर्नका लागि मन्त्रिपरिषद्ले शीतल निवास पठाइसकेको छ।
उक्त अध्यादेशपछि एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाउने तयारी गरिसकेको छ।
त्यसका लागि नेता नेपालले आफू पक्षीय सांसद र केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेका छन्।
219
Shares

प्रतिक्रिया