खेल


डेनमार्कका गोलरक्षकलाई ‘लेजर’ देखाएको घटनापछि इंग्ल्यान्डलाई कारबाही

डेनमार्कका गोलरक्षकलाई ‘लेजर’ देखाएको घटनापछि इंग्ल्यान्डलाई कारबाही

डेनमार्कका गाेलरक्षक स्माइकल र उनकाे अनुहारमा लेजर (कालाे घेराभित्र)


नेपालखबर
असार २४, २०७८ बिहिबार १७:४३,

द युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स (यूईएफए)ले इंग्ल्यान्डलाई कारबाही गरेको छ। 

युरोकप २०२० को सेमिफाइनलका दौडान बुधबार वेम्बलीमा भएको इंग्ल्यान्डसँगको खेलमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलको अनुहारमा लेजर लाइट देखाइएको थियो। 

टेलिभिजन दृश्यबाट लिइएको तस्बिरमा उनको अनुहारमा हरियो बत्तीको प्रकाश देख्न सकिन्छ। इंग्ल्यान्ड फरवार्ड ह्यारी केनले थप भएको समयमा पेनाल्टी लिइरहँदा यो घटना भएको हो। 

यसका बाबजुद स्माइकलले पेनाल्टी बचाएका थिए। तर रिबाउन्ड भएको बलमा केनले फेरि गोल गर्न सफल भए। 

सो गोलसँगै इंग्ल्यान्डले २–१ गोल अन्तरको जितसँगै आइतबार इटालीसँगको भेट पक्का गरेको थियो। 

यूईएफएले डेनमार्कको राष्ट्रियगान बजिरहँदा अवरोध गर्न खोजेको र आतिसबाजी गरेको भन्दै यसविरुद्ध पनि कारबाही गरेको छ। 

उक्त घटनाबारे यूईएफए कन्ट्रोल, एथिक्स एक्ड डिसिप्लिनरी बडी (सीईडीबी)ले अनुसन्धान गर्नेछ। बीबीसी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad