समाज


ललितपुर जिल्ला अदालतलाई पाँच वर्षमा पूर्ण डिजिटलमैत्री बनाइने

ललितपुर जिल्ला अदालतलाई पाँच वर्षमा पूर्ण डिजिटलमैत्री बनाइने

नेपालखबर
असार २४, २०७८ बिहिबार १७:३२,

ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्णरुपमा डिजिटाइज बनाउने भएको छ। 

बिहीवार ललिपुर जिल्ला अदालतमा आयोजित एक कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने बताए। 

उनले अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरु मध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइजसमेत गरिसकिएको जानकारी दिए। 

ललितपुर जिल्ला अदालतमा २०७८ साल जेठ मसान्तसम्म अदालतमा जिम्मेवारी सरेका १ हजार ८ सय ५५ मुद्धामध्ये ९ सय ६६ मुद्धा फर्छौट भएको र ८ सय ८९ मुद्धा फर्छौट हुन बाँकी रहेको जनाएको छ। 
त्यस्तै यस आर्थिक वर्षमा दर्ता हुन आएका २ हजार १ मुद्धा मध्ये ६४० मुद्धा फर्छौट भएका र १ हजार ३ सय ६१ मुद्धा फर्छौट हुन बाँकी रहेको जानकारी दिएको छ। 

ललितपुर जिल्ला अदालतले समग्रमा ३ हजार ८ सय ५६ मुद्धा मध्ये १ हजार ६ सय ६ मुद्धा फर्छौट गरेको स्रेस्तेदार पाण्डेले जानकारी दिए। 

फैसला कार्यान्वयन तर्फ अदालतले जम्मा ५८ करोड ३६ लाख १३ हजार ८ सय ४१ रुपैयाँ जरिवाना मध्ये १४ करोड ६९ लाख १५ हजार ४ सय २५ रुपैयाँ असुली गरेको स्रेस्तेदार पाण्डेले बताए। 

ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत् मुद्धाको मिलापत्र गराउने कामलाई प्राथमिकतामा राखेको जनाइएको छ। 
यस आर्थिक वर्षमा ५ सय ४७ थान मुद्धा मेलमिलापमा पठाइएकोमा १०८ थान मुद्धा मेलमिलाप हुन सकेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad