खेल


बक्सिङको बन्द प्रशिक्षण शुरु

बक्सिङको बन्द प्रशिक्षण शुरु

नेपालखबर
असोज २८, २०७६ मंगलबार १५:५९,

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत बक्सिङ खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ। बन्द प्रशिक्षणमा १६ खेलाडीमध्ये ११ जना सहभागी भएका छन्। बाँकी पाँच खेलाडी चीनमा आयोजना हुने ‘वल्र्ड आर्मी च्याम्पियनशीप’मा भाग लिन त्यसतर्फ गएका छन्।

बन्द प्रशिक्षणमा महिला ४८ किलोतर्फ ललिता महर्जन, ५१ किलोतर्फ माला राई, ५७ किलोतर्फ चन्द्रकला थापा, ५४ किलोतर्फ मिनु गुरुङ, ६० किलोतर्फ सङ्गीता सुनार र ६४ किलोतर्फ पुनम रावल रहेका छन्। यस्तै पुरुष ४९ किलोतर्फ सुशिल थापा मगर, ५२ किलोतर्फ तेजबहादुर देउवा, ५६ किलोतर्फ पुरन राई, ६० किलोतर्फ शनिल शाही, ६४ किलोतर्फ भुपेन्द्र थापा, ६९ किलोतर्फ विकास लामा, ७५ किलोतर्फ दीपक श्रेष्ठ, ८१ किलोतर्फ मनोहर बस्नेत, ९१ किलोतर्फ अर्जुन सिगु र ९१ किलो बढी तौलमा आशिष दुवाडी बन्द प्रशिक्षणमा छन्।

नेपाली टोलीलाई उज्वेकिस्तानका अन्तर्राष्ट्रिय प्रशिक्षक अलि शेर राखि मोभले तथा नेपाली प्रशिक्षकहरु प्रकाश थापा मगर, ओलम्पियन प्रविन तुलाधर, ओलम्पियन डम्बरदत्त भट्ट, दीपक महर्जन र किशोर लिम्बु, प्रेमबहादुर पौंजु र प्रमिला राईले प्रशिक्षण दिनेछन्। बन्द प्रशिक्षणका लागि पोखरा आएको टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ तथा विभिन्न खेलकूद सङ्घसंस्थाका प्रतिनिधिले स्वागत गरेका थिए। सागमा बक्सिङसहित आठ खेल पोखरामा खेलाइनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad