टोकियो ओलम्पिकमा सहभागी हुन पौडीका खेलाडी एलेक्जेन्डर साह (एलेक्स) र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गरेका छन्।
पौडीमा सहभागी हुने अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाटै जापान पुग्नेछिन्।
जापान पुगेपछि पौडी टोलीले टोकुसिमामा तयारी गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। नेपालबाट जाने खेलाडी र प्रशिक्षकलाई एनओसीले आइतबारै बिदाइ गरेको थियो।
पौडी प्रतियोगिता साउन १२ र १३ गते हुनेछ।
आगामी साउन ८ देखि २४ गते सम्म हुने टोकियो ओलम्पिकमा ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
पौडी खेलाडी गौरिका र एलेक्ससहित एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परिवार र जुडोकी सोनिया भट्ट पनि केही दिनमा जापान जानेछन्।
48
Shares

प्रतिक्रिया