बहुराष्ट्रिय कम्पनी कोका–कोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत तथा दक्षिणपश्चिम एसियाको लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपना हेर्ने जिम्मेवारी प्रदान गरेको छ।
उपाध्यक्षको रुपमा उनले उक्त जिम्मेवारी पूरा गर्ने बताइएको छ। राणा कोका–कोलाको नेतृत्व समूहमा यो क्षेत्रमा कम्पनीको उद्देश्य पूरा गर्न नयाँ नियुक्त गरिएकी हुन्।
राणासँग २५ वर्ष लामो सरकारी र व्यावसायिक क्षेत्रमा कार्यानुभव छ। यसबाहेक उनी रणनैतिक व्यावसायिक वकालत, जोखिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व र दिगोपनालगायतका क्षेत्रमा उनीसँग वर्षौँ लामो अनुभव छ।
पूर्वाधार, वातावरणीय, सामाजिक र शासकीय, व्यापारलगायतका क्षेत्रमा उनले महत्वपूर्ण रणनीतिहरु यस क्षेत्रमा विकास गरेकी छिन् जसले नाफामूलक व्यवसाय, फुटप्रिन्ट वृद्धि र घरेलु तथा बाह्य बजारमा उत्पादन अपरेसनहरु विस्तार हुन सफल भएका छन्।
उनले ब्रान्ड कम्युनिकेसन इनिसिएटिभका रुपमा व्यवसायको वकालत गर्दै आएकी छिन्। यसबाट व्यवसाय क्षेत्रमा सकारात्मक नतिजा देखिएको छ।
साढे दुई दशकको यस क्षेत्रसँगको सम्बद्धता रहँदा उनले धेरै स्टेकहोल्डरसँग सहकार्य गरेकी छिन् भने दिगो कार्यक्रम स्थापनामा नेतृत्वदायी सेसनहरुमा संलग्न भएकी छिन्।
कोका–कोलाका भारत र दक्षिण पश्चिम एसिया हेर्ने अध्यक्ष संकत रेले उनको नियुक्तिबारे देवयानीलाई कम्पनीमा स्वागत गर्न आतुर रहेको बताएका छन्।
नेतृत्व समूहमा राणाको नियुक्तिले यस क्षेत्रमा कम्पनीको संलग्नता बढाउने उनको आशा छ। खासगरी नीतिगत, कानुनी, व्यापार सम्झौता र नियामकीय क्षेत्रमा व्यावसायिक वकालतको लामो अनुभव भएकाले उनलाई न्यानो स्वागत गर्ने अध्यक्ष रेले बताए।
उनको आगमनले कम्पनी बजारमा अझै बलियो हुने रेको भनाइ छ।
यसअघि राणा क्याटरपिलर इन्डियाको भारत, नेपाल र भुटान हेर्ने सार्वजनिक मामिला निर्देशक रहेकी थिइन्। क्याटरपिलर इन्डियासँग जोडिनुअघि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)मा समेत आबद्ध थिइन्।
उनले लन्डन स्कुल अफ इकोनोमिक्स र त्रिभुवन विश्वविद्यालयबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेकी छिन्।
Shares

प्रतिक्रिया