समाज


भिरबाट लडेर २ जनाको मृत्यु

भिरबाट लडेर २ जनाको मृत्यु

नेपालखबर
जेठ १८, २०८३ सोमबार १०:१, बाजुरा

बाजुराको बडीमालिकामा भिरबाट लडेर  दुई जनाको मृत्यु भएको छ।

बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको आइतबार वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए।

त्यसैगरी बडीमालिका नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला बालिका भिरबाट लडेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad