डोटीमा सोमबार राति जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
आदर्श गाउँपालिका-६ रौसेल्लाखोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक आदर्श गाउँपालिका-३ काँडी स्याउलेका २२ वर्षीय सुबोध रोकाया र जिपमा सवार सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
276
Shares

प्रतिक्रिया