समाज


भारतीय जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी

भारतीय जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार ६:५५, कञ्चनपुर

कञ्चनपुरमा विषालु च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्। 

दोधारा(चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। 

सुनारकी १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन्। 

भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उनको परिवारका पाँचै जना बिरामी परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad