समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय युवकको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १४:२२, कञ्चनपुर

कञ्चनपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका ३० वर्षीय वीरेन्द्र थापा रहेका छन्। 

भित्री सडकबाट हाइवेतर्फ आइरहेको म १ क २३३ नम्बरको टिपरले मुख्य राजमार्गमा मधेस प्र ०३०३७ व २१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले जाँचपछि थापालाई मृत घोषित गरेका हुन्
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad