समाज


ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु

ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु

नेपालखबर
जेठ १७, २०८२ शनिबार ७:३४, बैतडी

बैतडीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार सुर्नया गाउँपालिका-५ बिष्टपालीस्थित सतबाझ श्रीभाबर भित्री सडक खण्डमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा सोही ठाउँका ८१ वर्षीय महावीर बिष्ट रहेका छन्। 

शुक्रबार राति साढे ९ बजे कैलालीको धनगढीबाट बिष्टपालीतर्फ गइरहेको सुपप्र ०१००१ क ११३ नम्बरको मिनी टाटा ट्रकले ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बिष्टको उपचारको लागि कैलालीको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक सुर्नया गाउँपालिका- २ ग्वानीका ३१ वर्षीय मानर्सिह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad