दार्चुलामा पहराबाट खसेको ढुंगाले लागेर एक वृद्धको मृत्यु भएको छर
नौगाड गाउँपालिका-६ धुलिगडाबाट पैदलै बझाङतर्फ जाँदै गरेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको हो।
बुधबार बिहान पैदल हिँडिरहेको बेला ढुंगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए।
‘बाटोमा हिँडिरहेका बेला रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लाग्दा उहाँको मृत्यु भएको हो,’ रावतले भने।
ढुंगाले लागेर नौगाड गाउँपालिका-६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन्। उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। रासस
306
Shares

प्रतिक्रिया