समाज


बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३२ वर्षीय बुवाको मृत्यु, १२ वर्षका छोरा घाइते

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३२ वर्षीय बुवाको मृत्यु, १२ वर्षका छोरा घाइते

नेपालखबर
फागुन २६, २०८१ सोमबार ८:३९, बाजुरा

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।  

गएराति खप्तड छेडेदह गाउँपालिका-५ को चिराल्नामा भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। 

दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका-४ खोलालवाडा घर भएका ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुर्घटनामा उनका छोरा १२ वर्षीय शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

ट्याक्टरमा चार जना सवार थिए। अन्य दुईजना भने सकुशल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad