समाज


मलद्वारमा लुकाएको झन्डै ४ किलो सुन बरामद, उज्वेकिस्तानका ४ जना पक्राउ

मलद्वारमा लुकाएको झन्डै ४ किलो सुन बरामद, उज्वेकिस्तानका ४ जना पक्राउ

पक्राउ परेका व्यक्ति र बरामद सुन


नेपालखबर
फागुन १५, २०८१ बिहिबार ११:५४, काठमाडौँ

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ४ किलो सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन्।

भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले उज्वेकिस्तानका तीन महिला र एक पुरुषलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवा छन्।

उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर चेकजाँच गर्दा मलद्वारामा लुकाएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

दुबईबाट फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु काठमाडौँ आएका थिए। उनीहरू भरिया भएको र सुन अर्कैले पठाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad