समाज


कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको आशंका

निष्पक्ष छानबिन गर्न गृहमन्त्रीसमक्ष माग
कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको आशंका

नेपालखबर
माघ २०, २०८१ आइतबार ९:५७, कञ्चनपुर

नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युतराज कलौनीको हत्या भएको हुनसक्ने आशंका पीडित परिवारका सदस्यले गरेका छन्। बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको हुनसक्ने आशंका व्यक्त गरे।

गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनले भने, ‘घटनाप्रति आशंका छ। अन्तै  कतै मारेर यता ल्याएर फालेको हो कि भन्ने शंका छ। नाम तोक्ने त कसको तोक्ने? राती ३ बजे हिँडेर आएको हरेछ, कसैले बोलाएको हो कि?’  

घटनापछि गृहमन्त्री लेखक शनिबार कञ्चनपुर पुगेका छन्। कलाैनीकाे शव फेला परेको स्थानमा रहेका घरमा मान्छे बस्ने गरेका छैनन्। यी सबै विषयमा जानकार हुनेले नै हत्या गरेर फालेको हुन सक्ने पनि उनको आशंका छ।

छोराले प्रयोग गर्ने एउटा मोबाइल पनि नभेटिनुले आशंका उत्पन्न भएको बुवा जनकराजकाे भनाइ छ। प्रहरीले उक्त मोबाइलको खोजी थालेको छ।

कांग्रेसका युवा नेता कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।

उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट छैन। शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ।

शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव परीक्षको लागि भेरी प्रादेशिक अस्पतालबाट फरेन्सिक विज्ञ टोली ल्याइएको छ। 

नेपाली कांग्रेस कञ्चनपुरले कलौनीको शंकास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ। 

विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ। कलौनीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म महेन्द्रनगरस्थित पार्टी कार्यालयमा राख्ने तयारी कांग्रेसले गरेको छ। 

हेर्नुहाेस् विज्ञप्ति


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad