समाज


पेस्तोल लिएर नेपाल आएका ४ जना भारतीय पक्राउ

पेस्तोल लिएर नेपाल आएका ४ जना भारतीय पक्राउ

नेपालखबर
माघ १०, २०८१ बिहिबार ८:५६, कञ्चनपुर

कञ्चनपुरबाट प्रहरीले पेस्तोलसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बुधबार राति १० बजेतिर भीमदत्त नगरपालिका-६ ऐठपुरबाट उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

उनीहरुले पेस्तोल बोकेको गोप्य सूचनापछि गएको प्रहरी टोलीले महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको भारतीय नागरिक जिमेवालले चलाएको यूके ०६ एआर ०८४६ नम्बरको कारबाट पेस्तोल बरामद गरेको हो। 

चालक सिटको पछाडी खल्तीमा लुकाएको अवस्थामा एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। कार चालक जिमेवाल र सवार अन्य तीनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad