चिसो बढेपछि पूर्वीतराईका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन्।
यसै क्रममा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक, धार्मिक तथा निजी विद्यालयमा दुई दिन बिदा गरेका हुन्।
केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ।
अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिइएको हो।
यस्तै दुहवी नगरपालिकाले पनि आफ्नो क्षेत्रका विद्यालयमा आज र भोलिका लागि दुई दिन बिदा दिने निर्णय गरेको हो।
75
Shares

प्रतिक्रिया