डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले बालबालिकालाई भत्ता प्रदान गर्दै आएको हो।
पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ।
भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ। गाउँपालिकाले राहत तथा उद्धार कोषमार्फत् कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो। रासस
21
Shares

प्रतिक्रिया